अमिताभ बच्चनले ६० करोडमा किने अफिस

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले मुम्बईमा ३ वटा कार्यालय किनेका छन् । अभिनेताले मुम्बईको अंधेरीको वीरा देसाई रोडमा रहेको वीर सावरकर सिग्नेचर बिल्डिङमा यो सम्पत्ति किनेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार अमिताभले ८ हजार ४२९ स्क्वायर फिट क्षेत्रफल भएका यी तीन कार्यालयका लागि ५९।५८ करोड रुपैयाँ तिरेका छन् ।
अभिनेताले यस व्यावसायिक सम्पत्तिको लागि ३.५७ करोड भारु स्ट्याम्प शुल्क पनि तिरेका छन्। उनले यी तीन कार्यालय इकाइसँगै तीन कार पार्किङ क्षेत्र पनि पाएका छन्। तर, यो खबरमा उनको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
यो भवनमा अमिताभले लगानी गरेको यो पहिलो पटक भने होइन । यहाँ उनले अगस्ट २०२३ मा चारवटा अफिस स्पेस खरिद गरिसकेका छन्।
अब, यी तीन नयाँ खरिद गरिएका व्यावसायिक एकाइहरू थपेर, अमिताभ बच्चनको सिग्नेचर बिल्डिंगमा कुल सात कार्यालय इकाईहरू छन्।










यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
कृषि विकास बैंकको १९औँ वार्षिक साधरण सभा सम्पन्न
अष्ट्रेलियामा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा
साेमबार बढ्याे नेप्से, काराेबार रकम ३ अर्ब ४४ करोड
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
प्रतिक्रिया