अमिताभ बच्चनले ६० करोडमा किने अफिस

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले मुम्बईमा ३ वटा कार्यालय किनेका छन् । अभिनेताले मुम्बईको अंधेरीको वीरा देसाई रोडमा रहेको वीर सावरकर सिग्नेचर बिल्डिङमा यो सम्पत्ति किनेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार अमिताभले ८ हजार ४२९ स्क्वायर फिट क्षेत्रफल भएका यी तीन कार्यालयका लागि ५९।५८ करोड रुपैयाँ तिरेका छन् ।
अभिनेताले यस व्यावसायिक सम्पत्तिको लागि ३.५७ करोड भारु स्ट्याम्प शुल्क पनि तिरेका छन्। उनले यी तीन कार्यालय इकाइसँगै तीन कार पार्किङ क्षेत्र पनि पाएका छन्। तर, यो खबरमा उनको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
यो भवनमा अमिताभले लगानी गरेको यो पहिलो पटक भने होइन । यहाँ उनले अगस्ट २०२३ मा चारवटा अफिस स्पेस खरिद गरिसकेका छन्।
अब, यी तीन नयाँ खरिद गरिएका व्यावसायिक एकाइहरू थपेर, अमिताभ बच्चनको सिग्नेचर बिल्डिंगमा कुल सात कार्यालय इकाईहरू छन्।
















Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया