दोहोरो अंकले घट्यो सेयर बजार, काराेबार रकम ४ अर्ब

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अङ्कले घटेर दुई हजार ६० दशमलव १६ को विन्दुमा कायम भएको हो ।
बुधबार तीन सय पाँच कम्पनीको ८७ लाख २७ हजार एक सय ६४ कित्ता शेयर ५४ हजार सात सय ९३ पटक खरिदबिक्री हुँदा रु चार अर्ब पाँच करोड ८० लाख ४७ हजार सात सय ३४ बराबरको कारोबार भएको छ ।
वित्त, म्युचुअल फन्ड र व्यापारबाहेक अरू सबै समूहको उपसूचक घटेका छन् । वित्त समूह शून्य दशमलव ४५, म्युचुअल फन्ड शून्य दशमलव १४ र व्यापार समूह शून्य दशमलव २२ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै विकास बैङ्क समूह एक दशमलव ०३ प्रतिशतले घटेको छ । बैङ्किङ शून्य दशमलव ६५, होटल तथा पर्यटन शून्य दशमलव २९, जलविद्युत् शून्य दशमलव ५८, लगानी शून्य दशमलव ९१ र जीवन बीमा शून्य दशमलव ६१ प्रतिशतले घटेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव ४८, निर्जीवन बीमा शून्य दशमलव ३४ र अन्य समूह शून्य दशमलव ५८ प्रतिशतले घटेको छ । आजको कारोबारमा सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य नौ दशमलव ५५ र शिवश्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव २६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ३८ र हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव २५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु १६ करोड ४६ लाख १८ हजार आठ सय ३० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै गुडविल फाइनान्स लिमिटेडको दुई लाख ४६ हजार ५४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।











रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
पुस १३ गते आइतबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
प्रतिक्रिया