शनिबार, असार १५, २०८१

अष्ट्रेलिया पुगे जुलियन असान्ज

मेरोन्यूज २०८१ असार १२ गते २०:४५

काठमाडौँ । विकिलिक्सका संस्थापक जुलियन असान्ज आफ्नो देश अष्ट्रेलिया पुगेका छन् ।

Advertisement

विमानबाट ओर्लने बित्तिकै उनले आफ्नी श्रीमती र बुबालाई अँगालो हालेका थिए । असान्ज १४ वर्ष लामो कानुनी लडाइँपछि रिहा भएका हुन् ।

अमेरिकासँगको सम्झौता अनुसार जुलियन असान्जले अमेरिकी अदालतमा आफ्नो अपराध स्वीकार गर्नुपरेको थियो ।

अमेरिकी सरकारले असान्जलाई ६२ महिनाको जेल सजायको माग गरेको थियो । न्यायाधीशले यो मागलाई स्वीकार गरेर सजाय दिने भए पनि उनले बेलायतको जेलमा सो सजाय काटिसकेको हुनाले उनी रिहा भएका हुन् ।

प्रतिक्रिया