लागूऔषध दुरूपयोगको समस्या बढ्दो क्रममा रहेको राष्ट्रसङ्घको चेतावनी

नयाँ ‘सिन्थेटिक ओपिओइड’को उदय र अन्य औषधिको बढ्दो आपूर्ति र मागले लागूऔषध दुरुपयोग र अन्य हानि बढ्दै गएपछि संयुक्त राष्ट्रसङ्घले बुधबार एक प्रतिवेदन सार्वजनिक गर्दै विश्वभर यसको समस्या बढ्दै गइरहेको चेतावनी दिएको छ ।
सन् २०२२ मा विश्वभर कुल दुई करोड ९२ लाख मानिसले लागुऔषध प्रयोग गरेका थिए जुन अघिल्लो दशकको तुलनामा २० प्रतिशतले वृद्धि भएको संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडीसी) ले बुधबार सार्वजनिक गरेको विश्व लागुऔषध प्रतिवेदन २०२४ ले जनाएको छ ।
सन् २०२२ मा विश्वभर करिब २२ करोड ८० लाख मानिसले प्रयोग गरेसँगै गाँजा सबैभन्दा व्यापकरूपमा प्रयोग हुने लागूऔषध बनेको छ । विश्वव्यापीरूपमा अनुमानित ६४ करोड मानिस लागुऔषध दुर्व्यसनीको सिकार भएका छन् । तीमध्ये करिब नौ प्रतिशत मात्र उपचाररत रहेको प्रतिवेदनले जनाएको छ ।
प्रतिवेदनले लामो समयसम्म कोकेनको आपूर्ति र मागमा वृद्धि हुने चेतावनी दिएको छ । सन् २०२२ मा विश्वव्यापी रूपमा दुई हजार सात सय ५७ टन कोकेन उत्पादन गरिएको थियो । यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भएको होे । कोका झाडीको विश्वव्यापी खेती क्षेत्र १२ प्रतिशतले बढेर सन् २०२२ मा तीन लाख ५५ हजार हेक्टरमा पुगेको छ ।
कोकेनको बढ्दो उत्पादन र मागले विशेषतः इक्वेडर र क्यारेबियन राष्ट्रमा हिंसामा वृद्धि भएको छ । साथै पश्चिमी र मध्य युरोपलगायत गन्तव्य देशको स्वास्थ्यमा हानि भइरहेको प्रतिवेदनमा उल्लेख छ ।
क्यानाडा, उरुग्वे र संयुक्त राज्य अमेरिकाका २७ क्षेत्राधिकारले जनवरी २०२४ सम्म गैर–चिकित्सा प्रयोगका लागि गाँजाको उत्पादन र बिक्रीलाई कानूनी मान्यता दिएको उल्लेख गर्दै युएनओडीसीको वार्षिक प्रतिवेदनले गाँजाको वैधानिकरणको प्रतिकूल प्रभावबारे पनि चेतावनी दिएको छ ।
क्यानाडा र संयुक्त राज्यमा विशेषगरी युवा वयस्कहरूमा नियमित गाँजा प्रयोगका कारण मानसिक विकार भएका व्यक्तिको अनुपात र सम्बन्धित आत्महत्याको प्रयास बढेको प्रतिवेदनले बताएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया