बनेको राष्ट्रिय परिचयपत्र पनि लाँदैनन् नागरिक

भोजपुर । सरकारले हरेक प्रकारका सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नीति लिँदा भोजपुरमा भने बनेको परिचयपत्र लिन आउनेको सङ्ख्या न्यून छ । एक लाख भन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि फोटोसहितको विवरण सङ्कलन गराइसकेका छन् ।
यहाँ विसं २०७७ साउन १७ गतेबाट पहिलोपटक राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन सुरु गरिएको थियो । सोअनुरुप वडा तहमा सञ्चालन गरिएको अभियानमा ७१ हजार एक सय ९३ जनाको विवरण सङ्कलन भएको थियो । जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र पञ्जीकरण शाखाका अपरेटर किरण नेपालीले अभियानबाहेक कार्यालयमा आएर ३० हजार एक सय चार जनाले विवरण सङ्कलन गराएको जानकारी दिए । जम्मा एक लाख एक हजार दुई सय ९७ जनाको विवरण सङ्कलन भइसकेको छ ।
सङ्कलित विवरणमध्ये हालसम्म जिल्ला प्रशासन कार्यालयमा ११ हजार सात सय ७१ थान राष्ट्रिय परिचयपत्र छपाइ भएर आएको छ । जसमध्ये छ सय २५ जनाले मात्र परिचयपत्र बुझेका छन् । बनेको कार्ड लिन नागरिक नआउँदा परिचयपत्र वितरण हुन सकेको छैन ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले विसं २०८० असोज २ गते भोजपुर नगरपालिका–१०, जिमिगाउँका समाजसेवी बलिमान राईलाई जिल्लाको पहिलो राष्ट्रिय परिचयपत्र वितरण गरेका थिए। परिचयपत्र क्रमिकरुपमा वितरण गरिने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । विवरण सङ्कलन भएको लामो समयसम्म धेरै परिचयपत्र छपाइ भएर आएको छैन ।
परिचयपत्रका लागि हस्ताक्षर, १० औँलाको औँठा छाप, आँखाको रेटिनालगायत व्यक्तिको वैयक्तिक र जैविक सूचनालाई आधिकारीकरुपमा सङ्कलन गरी परिचयपत्र नम्बर प्रदान गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र प्राप्त गर्न नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस, नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा बसाइँसराइको प्रमाणपत्र आवश्यक पर्छ ।










दोस्रो संस्करणको एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
NPL 2025: Biratnagar defeats Pokhara by 53 runs
संसद् पुनःस्थापनाका लागि एमाले सर्वाेच्च जाने
कुशलको अर्धशतक पूरा, बने छैटौँ खेलाडी
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बढ्यो पेट्रोल र डिजेलको मूल्य
प्रतिक्रिया