प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मेरोन्यूज
२०८१ असार १३ गते ७:१०

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुखले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, सभामुखले विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन)विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।
मन्त्री तामाङले नै ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित
















भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया