दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक

काठमाडौँ । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक भएको छ । असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
ट्रेलरले मिरुनालाई पाउन दयाहाङले गरेको संघर्ष प्रस्तुत गर्छ । दयाहाङले गाउँको शिक्षकको भूमिका निर्वाह गरेका छन्, जसले मिरुनालाई मन पराउँछन् । तर मिरुनाका बुवाको भूमिकामा देखिएका शिशिर बाङ्देलले घरज्वाइँ बस्नुपर्ने शर्त राख्छन् । यही परिस्थिति र संघर्षलाई ट्रेलरले प्रस्तुत गर्छ ।
अनिल बुढा मगरद्वारा निर्देशित फिल्ममा दयाहाङ, मिरुना र शिशिरसहित कविता आले, भोलाराज सापकोटा, पुष्कर गुरुङ, बुद्धि तामाङ, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर, सुरेश पुन लगायतको पनि अभिनय छ ।
जिएम मुभिज् र एबीएम सिनेमा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैंले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ ।










खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
फलफूल तथा तरकारीकाे मूल्य निर्धारण : आज गोलभेँडा प्रतिकिलो रु १३०,पालुङ्गो साग प्रतिकेजी रु २५०
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया