चक्रपथ विस्तार चाँडो नभए सरकारी गाडी चल्न दिँदैनाैं: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चक्रपथ बिस्तार चाँडो नभए सरकारी गाडी चल्न नदिने चेतावनी दिएका छन् ।
रिङरोड कलंकी–धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब यात्राको सुरुवात गर्दै सांसद पौडेलले यस्तो बताएका हुन् ।
पौडेलले यो दबाब दिनको लागि यात्रा रहेको बताए ।
‘यदि सरकारले गम्भीर रुपमा नलिएको खण्डमा हामी कलंकीदेखि ओम अस्पतालसम्मको कलंकी च्रकपथ १३ किलोमिटरसम्म सरकारी गाडीलाई चल्न नदिन पनि सक्छाैं । त्यो अवस्था नआवस् ।’ उनले भने ।
उनले चिनियाँ राजदुतसँग कुरा गर्दा नेपालले गर्नुपर्ने काम नसकेकाले बाटो विस्तारमा ढिलाइ भइरहेको जवाफ पाएकाे बताए ।
यो सडक नबनेको पाँच वर्ष भयो २ वर्षअघि कांग्रेस पनि सरकारमा थियो यो गल्ती कसको भनेर पत्रकारले प्रश्न गरेको थियो । उनले प्रश्नको जवाफ दिँदै उनले गल्ती सरकारको बताए । उनले भने,‘सरकारमा जोजो छ चाहे त्यो एमाले होस् माओवादीहोस् वा कांग्रेसको होस् गल्ती सरकारको हो ।
उनले दबाब यात्राआज बिहान ७ बजेदेखि कलंकीबाट सुरु गरेका हुन्। कंलकी-स्वयम्भु-ठूलोभञ्याङ(बसपार्क-बसुन्धरा हुँदै साढे १० बजे धोबीखोला पुग्ने कार्यक्रम छ। उनले दबाब यात्रामा सहभागी हुने काठमाडौंवासीलाई पनि अपिल गरेका थिए ।
















मनास्लु र बाल व्यवसायी फाइनलमा
भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया