दक्षिण अफ्रिकाविरुद्ध विराट कोहलीले पुरा गरे अर्धशतक
काठमाडौं । आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि अहिले भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा भइरहेको छ ।
केन्सिङ्टन ओभल बार्बाडोस स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको भारतका लागि विराट कोहलीले अर्धशतक पुरा गरेका छन् । उनले १७ औं ओभरको पाँचौ बलमा अर्धशतक पुरा गरेका हुन् । ४८ बलको सामना गरेको कोहली ४ चौका सहित ५० रन बनाएर खेलिरहेका छन् । उनलाई शिवम दुवेले साथ दिइरहेका छन् ।
यसअघि भारतले विष्फोटक ब्याटिङ गरिरहेका अक्षर पटेललाई चौथो विकेटको रुपमा गुमाएको थियो । १४ आं ओभरको तेस्रो बलमा रन आउट भएका हुन् । ३१ बलको सामना गरेका उनले ४ छक्का र १ चौकासहित ४७ रन बनाएका थिए ।
भारतले खेलको दोस्रो ओभरमा नै दुई विकेट गुमाएको थियो । ओपनिङ गर्न आएका कप्तान रोहित शर्मा ५ बलमा दुई चौकासहित ९ रन बनाएर आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ भने दुई बलमा रनको खाता नै नखोली आउट भएका हुन् । दुवै जनाको विकेट दक्षिण अफ्रिकाका केशव महाराजले लिए ।
त्यस्तै पाँचौ ओभरको तेस्रो बलमा भारतले सुर्यकुमार यादवलाई गुमाएको छ । चार बलमा तीन रन बनाएर खेलिरहेका यादवलाई कागिसो रवडाले आउट गरेका हुन् ।
भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनल खेल्दैछ। यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। पहिलो सिजनमा उपाधि उचालेको भारत त्यसपछि उपाधिबिहीन छ। दक्षिण अफ्रिका भने विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो।













आज सुनकाे भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
काठमाडौँ -५ बाट ईश्वर पोखरेल एकल सिफारिस
तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी
जिवनशैलीमा आएको परिवर्तनले पायल्स, फिस्टुला र फिसरका बिरामी बढ्दै
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
प्रतिक्रिया