नेकपा (एस)को दशौँ राष्ट्रिय महाधिवेशन आज

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि यहाँ हुँदै छ । आजदेखि पाँच दिनसम्म स्थानीय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ ।
महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ ।
महाधिवेशनलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा (एस)का नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।
पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनसम्बन्धी सम्पूर्ण काम पूरा भएको जनाएको छ । महाधिवेशनमा भाग लिन देशभरबाट एक हजार आठ सय ४९ प्रतिनिधि काठमाडौँ आउने क्रम जारी छ । शीर्ष नेताहरूका साथै प्रतिनिधिहरू १० बजे भृकुटीमण्डपमा भेला भएर महाधिवेशनस्थल पुग्ने कार्यक्रम छ ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट करिब तीन वर्षअघि विभाजन भएर गठन गरिएको पार्टीले यो महाधिवेशनलाई १०औँ राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ ।
विसं २००६ मा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी मानेको एकीकृत समाजवादी पार्टीले हालसम्म सम्पन्न भएका नौवटा अधिवेशनको स्वामित्व लिएर यो राष्ट्रिय महाधिवेशनलाई १०औँ मानेको बताएको छ ।
















भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया