सोमबार, वैशाख २१, २०८३

मन्त्री बन्ने तयारीमा रहेकी रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयाे

मेरोन्यूज २०८१ असार १७ गते १०:१८

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत सांसदले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाएका छन्।

Advertisement
NiccNicc

दलको आइतबार बसेको बैठकले रञ्जितालाई दल नेताबाट हटाउने निर्णय गरेको हो। सोमबार १० बजे त्यसको जानकारी संसद् सचिवालयलाई गराउने तयारी रहेको एक सांसदले बताए।

रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन्। रञ्जिताले भने हस्ताक्षर गरेकी छैनन्।

त्यस्तै बैठकले गंगाराम चौधरीलाई  दल नेता बनाउने निर्णय गरेको छ। त्यस्तै लालवीर चौधरीलाई प्रमुख सचेतक बनाउने निर्णय पनि गरेको छ। लालवीर नाउपाका संरक्षक रेशम चौधरीका बुबा हुन्। यसअघि गंगाराम प्रमुख सचेतक थिए

प्रतिक्रिया