गृहमन्त्री लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्डलाई
मेरोन्यूज
२०८१ असार १८ गते १५:२४

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । मंगलबार दिउसो प्रधानमन्त्री कार्यालय पुगेर गृहमन्त्री लामिछाने प्रचण्डलाई भेटेका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्यमा सहमति भएपछि गृहमन्त्री लामिछाने सांसद स्वर्णिम वाग्लेसहित प्रधानमन्त्री कार्यालय गएका हुन् ।
मंगलबार बिहान बसेकाे रास्वपाकाे बैठकले कांग्रेस र एमालेकाे गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया