जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सहायता केन्द्र सञ्चालन

त्रिशूली (नुवाकोट) । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रशासन कार्यालयमा सेवा लिन पुग्ने ज्येष्ठ नागरिकलाई लक्षित गर्दै त्रिशूली अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरणको लागि स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार सेवा लिन पुग्ने ज्येष्ठ नागरिकको परीक्षणसहित स्वास्थ्यसम्बन्धी परामर्श सेवा उपलब्ध गराइएको छ । “ज्येष्ठ नागरिकमा विभिन्न किसिमका स्वास्थ्य समस्या हुने र उनीहरुले रोगले नच्यापेसम्म जाँच गराउन नजाने पाइएकाले प्रशासनको सेवासँगै निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण थालिएको छ ।”
उनले भने, “सामाजिक सुरक्षाभत्ता प्राप्तिको लागि राष्ट्रिय परिचयपत्र बनाउन आउने ज्येष्ठ नागरिकको सङ्ख्या निकै बढेका छन् । यही मौकामा उनीहरुको प्राथमिक स्वास्थ्य उपचारसहित स्वास्थ्य परामर्श र थप उपचार आवश्यक पर्नेलाई त्रिशूली अस्पतालमा सिफारिस गर्न भनिएको छ ।”
जिल्ला प्रशासनको आग्रह र अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिकको उपचार सेवा सञ्चालनमा ल्याइएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र लामाले जानकारी दिए। उनका अनुसार सहायता केन्द्रमा नर्स, स्वास्थ्य सहायक (एच ए), फार्मेसी तहका कर्मचारीबाट सेवा विस्तार गरिएको छ ।
आवश्यकताअनुसार माथिल्लो तहका स्वास्थ्यकर्मीसमेत उपलब्ध गराई सहायता केन्द्रको सेवालाई प्रभावकारी बनाउने लक्ष्य लिइएको मेसु डा लामाको भनाइ छ ।

















शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने
गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण,रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने
कालीमाटीमा गोलभेँडा किलोको ५०, गाजरकाे २५ ,अन्य तरकारीको कति ?
काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रतिक्रिया