आँचल र विवेकको ‘वर एन्ड वधु’ भदौ १४ देखि प्रदर्शनमा आउने

काठमाडौँ । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एन्ड वधु’ले प्रदर्शन मिति तोकेको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । यो फिल्मले तीजलाई लक्षित गरेर प्रदर्शन मिति घोषणा गरिएको छ ।
सार्वजनिक पोस्टरमा भने अभिनेत्री आँचल शर्मा र अभिनेता विवेक कर्माचार्यलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । यसमा आँचल र विवेकले एक्सन पनि गरेका छन् । फिल्ममा विजय लामा, किरण केसी, हिउँवाला गौतम, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, यमन श्रेष्ठ, सृष्टि खड्का, गरिमा शर्मा, रविन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्त लगायतको पनि अभिनय छ ।
फिल्ममा जानुका थापा निर्माता र डा. अमित रिजाल कार्यकारी निर्मातामा छन् । एलआरके प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा सुदिप बरालको छायांकन रहेको छ भने हिमाल केसीको द्वन्द्व निर्देशन छ । फिल्मले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा भन्ने जनाइएको छ ।
नेपाल र रोमानियामा छायांकन भएको फिल्मको हाल पोष्ट प्रोडक्शनको काम भइरहेको निर्देशक चाम्सले जानकारी दिएका छन् ।










झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
स्वास्थ्य परीक्षणका लागि डा. निकोलसलाई लगियो वीर अस्पताल
इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ
खण्डहरजस्तो भएको मुद्रण केन्द्रको धुलो टकटक्याएर छपाइ सुरु गरेका छौँ : सञ्चारमन्त्री खरेल
औषधि र मेडिकल सामग्री खरिद गर्दा अनिवार्य बोलपत्र आह्वान गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
आज कात्तिक १९ गते बुधवार,कस्ताे रहला तपाइकाे दिन ?
अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
आज रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन गर्दै, एमालेमा फर्कने घोषणा
आज कात्तिक २० गते बिहिवार,कस्ताे रहला तपाइकाे दिन ?
प्रतिक्रिया