रविको समर्थनपछि प्रचण्ड झन हौसिए

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले जसरी भएपनि कांग्रेसलाई कन्भिन्स गराउने र माओवादीसहितको गठबन्धनमा सरकारको निरन्तरता दिने रणनीति अपनाएको बताईको छ ।
प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिन अझै २९ दिनको समय छ । हिजो नेकपा (एमाले) का मन्त्रीहरुले राजीनामा बुझाएर समर्थन फिर्ता लिएको जानकारी गराएपछि मात्रै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
अहिलेको सरकार संविधानको धारा ७६ (२) अनुसार बनेकाले अब उपधारा ३ को अभ्यास हुने धेरैको बुझाइ छ । संविधानविद्हरुले पनि संविधानमा भएका धाराहरु क्रमश अभ्यास गर्दै जानुपर्ने बताउँदै आएका छन् ।
यिनै आधार पेश गरेर प्रचण्डले रास्वपाका मन्त्रीहरुलाई कन्भिन्स गराएका छन् । रास्वपाका मन्त्रीहरुले पनि बरु छिट्टै विश्वासको मत लिने व्यवस्था मिलाउन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् ।
रास्वपाका मन्त्रीहरुको समर्थनपछि प्रधानमन्त्री प्रचण्ड झनै हौसिएर विश्वासको मतका लागि सक्रियता बढाउने तयारीमा रहेको बताइएको छ ।
वाम गठबन्धनको अपरिहार्यता बुझेर कांग्रेससँगको सहकार्य छाड्दा एमालेले फेरि बेइमानी गरेको प्रचण्डको बुझाइ छ ।
प्रचण्डनिकट स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि बेइमानी गरेको उनको निश्कर्ष छ । त्यसकारण जसरी भएपनि ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने रणनीतिमा प्रचण्ड लागेका छन् ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया