निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ स्थगित
मेरोन्यूज
२०८१ असार २० गते १४:१२

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ केही दिनका लागि रोकिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको हो ।
प्रधानविरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासँग छलफल गरेको थियो ।
उजुरीकर्ताको आग्रहमा गोपनीयता कायम गरी गरिएको छलफलका क्रममा गम्भीर विषयहरू उठेकाले त्यसमा अध्ययन गर्न थप समय लिने र त्यसपछि मात्रै सुनुवाइ गर्ने जनाएको छ ।
प्रधानविरुद्ध यौन दुर्व्यवहार लगायतका उजुरी परेका छन् । संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।
सम्बन्धित
















अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया