खनाल र भूसालले दौड छोडेपछि एकीकृत समाजवादीको अध्यक्षमा नेपाल सर्वसम्मत
मेरोन्यूज
२०८१ असार २० गते १८:१९

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्ष , सम्मानित नेता र महासचिव सर्वसम्मत चयन भएका छन् ।
काठमाडौंमा जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो ।
यसअघि खनाल र भूसालले अध्यक्षमा दावी गर्दै आएका थिए । तर दुबैले अध्यक्षको दौडमा दावी छाडेपछि नेपाललाई सर्वसम्मत हुने बाटो खुलेको हो ।
तीन पद महाधिवेशन हलले आज सर्वसम्मत भएको घोषणा गरेको हो । सम्मानित नेता खनालले शुक्रबारसम्म बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो सहमतिबाटै लगाइने महाधिवेशन हलमा बताएका छन्। एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ सदस्यीय र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय छ।
सम्बन्धित














प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया