सुदूरपश्चिम सरकारबाट बाहिरियो एमाले
मेरोन्यूज
२०८१ असार २० गते १९:५३

धनगढी । नेकपा एमाले सुदूरपश्चिम सरकारबाट बाहिरिएको छ । एमालेले बिहीबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुको पनि राजीनामा गराएको छ ।
योसँगै सुदूरका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् । मुख्यमन्त्री सोडारी हाल एकीकृत समाजवादीको महाधिवेशनका लागि काठमाडौंमा रहेका छन् । उनी काठमाडौं आएकाले एमालेका नेताहरुले मुख्यमन्त्रीको कार्यालयमा राजीनामा र सरकारबाट बाहिरिएको पत्र दर्ता गराइसकेका छन् ।
एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सरकारबाट बाहिरिएको विषयमा मुख्यमन्त्री सोडारीसँग टेलिफोन संवाद भएको र कार्यालयमा पत्र दर्ता गराइएको जानकारी दिएका छन् ।
सम्बन्धित
















आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया