अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनल खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो ।
पेनाल्टी सुटआउटमा लियोनेल मेसीले अर्जेन्टिनाका लागि हानेको पहिलो पेनाल्टी मिस गरेका थिए । मेसीले हानेको बल बारमा लागेर बाहिरिएको थियो । तर अर्जेन्टिनाका लागि अन्य चार खेलाडीले गोल गरेपछि जित सुनिस्चित भएको हो । इक्वेडरका दुई खेलाडीले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपरले बचाएका थिए ।
यसअघि निर्धारित ९० मिनेटको खेलमा अर्जेन्टिना र इक्वेडरले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । कोपा अमेरिकाको क्वाटरफाइनलदेखिका खेलमा ३० मिनेटको अतिरिक्त समय राखिएको छैन ।
खेलको ३५औ मिनेटमा लिसान्द्रो मार्टिनेजको गोलमा अर्जेन्टिनाले शुरुवाती अग्रता लिएको थियो भने खेलको ९० मिनेटपछिको इन्जुरीसमयमा केभिन रोड्रीगेजले गोल गर्दै इक्वेडरका लागि खेल बराबरी गरेका थिए ।
अब सेमिफाइनलमा अर्जेन्टिनाले भेनेजुएला र क्यानडाबीचको विजेतासँग खेल्ने छ । यो खेल जुलाई ९ मा हुने छ ।













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया