उत्पादक र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’

गण्डकी । पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता बीचमा सेतुको काम गरेको छ ।
एम्बुलेन्सले महानगरपालिकाका ग्रामीण बस्तीमा भएका उत्पादनको सहज बजारीकरण गर्न सहयोग पुर्याएको छ ।
फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजना र पोखरा महानगरपालिकाको सहकार्यमा रु ३६ लाख लागतमा खरिद गरिएको कृषि एम्बुलेन्सले गत वर्ष वैशाख ५ गतेदेखि सेवा सुरुआत गरेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
कृषि एम्बुलेन्समार्फत हाल पोखरा महानगरपालिका वडा नं २२ पुम्दी भुम्दी, वडा नं २३ चापाकोट, घाँटीछिना, वडा नं २८ माझठाना, वडा नं ३३ भरतपोखरीको बागमारा, वडा नं २५ झिर्झिकालगायत स्थानबाट कृषिजन्य उत्पादन निःशुल्क ढुवानी भइरहेको छ ।
मागअनुसार कृषि एम्बुलेन्सलाई विभिन्न ठाउँमा पुर्याउने गरिएको जनाउँदै ग्रामीण क्षेत्रबाट ल्याइएका कृषिजन्य उत्पादन बारअनुसार फरक–फरक ठाउँमा लगेर बिक्रीवितरण गर्ने गरिएको उनले बताए ।
कृषि उपज आइतबार पोखराको वडा नं ३ नदीपुर, मङ्गलबार वडा नं ७ स्थित मुनाबजार, बुधबार मुस्ताङचोकस्थित लोकसेवा आयोग कार्यालय अगाडि, बिहीबार सिद्धार्थ चोकस्थित श्री कम्लेक्स, शुक्रबार वडा नं ४ गैरापाटनस्थित वडा कार्यालय अगाडि र शनिबार मुस्ताङचोकस्थित लोकसेवा आयोगको कार्यालय अगाडि बिक्री वितरण गर्ने गरिएको छ ।
गाउँबाट आएको ताजा तरकारी लिन सर्वसाधारणको आकर्षण बढिरहेको छ । किसानबाट ल्याइएको उत्पादन उनीहरूसँग खरिद गरेको मूल्यको २० प्रतिशतभन्दा बढी नबढ्ने गरी उपभोक्ताले खरिद गर्न पाउने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।
पछिल्लो समयमा कृषि एम्बुलेन्सको ठाउँठाउँबाट माग बढ्दै गएको जनाउँदै प्रमुख कडरियाले नियमित गाडीको पहुँच नभएका साना किसानका साथै उपभोक्ता दुवैका लागि प्रभावकारी भएको बताए ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
प्रतिक्रिया