तिलाको रारामा ‘स्टिल ट्रस’ निर्माण अन्तिम चरणमा

जुम्ला । यहाँको तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि निर्माणाधीन मोटरेबल ‘स्टिल ट्रस’को काम अन्तिम चरणमा पुगेको छ । पुल निर्माण नहुँदा सो गाउँपालिका–६, ७, ८ र ९ सडक सञ्जालमा जोडिएका थिएनन् ।
पुल निर्माणपछि सो वडाहरू सवारीसाधनको पहुँचमा पुग्ने भएका छन् । वडासम्म ग्रामीण सडक निर्माण भइसकेका छन् । अब पुल सञ्चालनमा आएसँगै गाउँसम्म यतायातका साधन पुगेपछि यहाँका स्थानीयवासीलाई राहत हुने तिला गाउँपालिका–८ का वडाध्यक्ष आसे बस्नेतले जानकारी दिए ।
पुल निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । पुलमाथि ढलान हुन बाँकी छ । अबको छ महिनाभित्र स्टिल ट्रस पुल निर्माण सम्पन्न भई सञ्चालनमा आउने ठेक्का लिएको निर्माण कम्पनी हीराचन्द अञ्जना खड्का जेभी जुम्लाका प्रबन्धक सुनम खड्काले जानकारी दिए ।
विसं २०७८ मा जुम्ला सडक डिभिजन कार्यालयसँग ठेक्का सम्झौता भएको पुल निर्माण अवधि तीन वर्ष रहेको थियो । तोकिएको समयमा पुल निर्माण गर्नेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
सङ्घीय सरकारअन्तर्गतको सडक विभागको रु १४ करोड बजेटको लागतमा पुल निर्माण हुन लागेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी चित्र चौलागाईंले बताए ।
पुल आठ मिटर चौडाइ र ५५ मिटर लम्बाइको छ । पुल चाँडै सञ्चालनमा आउनेगरी निर्माण कम्पनीले काम गरिएको छ । कार्यालयको कार्यक्षेत्रभित्र पर्ने सबै विकासे योजनालाई तीव्रगतिमा अनुगमन तथा मूल्याङ्कन गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
तिला नदीमा निर्माणाधीन पुल सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी, ससाना विद्यार्थी, बिरामीलगायतलाई ओहोरदोहोरमा सहज हुने तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायले बताए।
गाउँपालिका र बजार आउन करिब पाँचदेखि सात घण्टा बढी समय खर्चनुपर्ने अवस्था छ । अब पुल निर्माणसँगै सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासीलाई राहत हुने तिला–९ का स्थानीयवासी समिर रावतले बताए । गाउँपालिका ती वडा भौगेलिक रूपमा विकट मानिन्छन् ।
















विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
कर्मचारी ट्रेड युनियन खारेज नगर्न तीन विपक्षी दलको माग
रोल्पा जिप दुर्घटना : १७ जनाको मृत्यु
हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया