बुधबार, पुष ३०, २०८२

बागमती सरकारबाट बाहिरिँदै एमाले, मन्त्रीहरूले आजै राजिनामा बुझाउने

मेरोन्यूज २०८१ असार २१ गते १२:१८

हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बहिरिने भएको छ । आजै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी रहेको बुझिएको छ ।

बागमतीमा एमालेबाट पाँच जना मन्त्री छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियासहित रामेश्वर श्रेष्ठ, केशव पोख्रेल, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठ मन्त्री छन् ।

गत चैत १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा एमाले दोस्रोपटक सहभागी भएको थियो ।

थपलिया र मुख्यमन्त्री शालिकराम जम्कट्टेल दुवै काठमाडौंमा छन् । साँझसम्म हेटौंडा फर्किएर सामूहिक राजीनामा दिने बताइएकाे छ ।

प्रतिक्रिया