नेपाल एपीएफ क्लवका राष्ट्रिय क्रिकेट खेलाडीको विदाई

काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक (आइजीपी) राजु अर्यालले महिला टी ट्वान्टी एसिया कपमा सहभागी हुन जाने नेपाल एपीएफ क्लवका राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई विदाई गरेका छन् ।
शुक्रबार आइजीपी अर्यालले सशस्त्र प्रहरी प्रधान कार्यालय स्वयम्भु हलचोकमा महिला टी ट्वान्टी एसिया कपमा सहभागी हुन जाने नेपाल एपीएफ क्लवका राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शनको शुभकानासहित हार्दिक विदाई गरेका हुन् ।
विदाई हुने खेलाडीहरुमा सिता राना मगर, राजमती ऐरी, ईन्दु बर्मा, रोमा थापा र ममता चौधरी रहेका छन् ।
कार्यक्रममा आइजीपी अर्यालले खेलाडीहरुलाई खेल मैदानमा उत्रिदा जित्छु र गर्न सक्छु भन्ने भावनाकासाथ उत्कृष्ट प्रदर्शन गर्न सकियो भने राष्ट्रको नाम उचाईमा पुर्याउन सकिने बताए। उनले खेलाडीहरुको बृत्तिविकासको लागि संगठन सदैव तत्पर रहेको समेत बताए । प्रतियोगिता यही साउन ४ देखि १३ गतेसम्म श्रीलंकामा संचालन हुनेछ ।
















पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया