भोजपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

टक्सार (भोजपुर) । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका मापदण्ड पूरा गरी उक्त घोषणा गरिसकेका थिए ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राईले आज जिल्लालाई औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरे।
जन्मिएदेखि १५ महिनासम्मका बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै १३ किसिमका खोप लगाएको पाइपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख राजुकुमार श्रेष्ठले बताए । उनले भने, “आगामी दिनमा पनि सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप लगाउन सबैको समन्वय र सहकार्य आवश्यक छ ।”
आगामी दिनमा खोप अभियानलाई निरन्तरता दिँदै खोप लगाउनबाट कसैलाई पनि वञ्चित नगरिने बताउँदै खोप समन्वय समितिका संयोजक राईले महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यर्कीले गरेको सहयोगको प्रशंसा गरे । “पहिलो चरणमा गाली खाने महिला स्वास्थ्य स्वयम्सेविका भएकाले उहाँहरुले पूर्ण खोप घोषणाका लागि गर्नुभएको काम निकै उदाहरणीय र प्रशंसायोग्य छ”, उनले भने ।
सो अवसरमा जिल्लाका नौ वटै स्थानीय तहलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ । प्रदेशभित्रका १४ जिल्लामध्ये भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छैटौँ जिल्ला हो ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया