गुण्डुको किवाचोकमा २०० प्रजातिका विरुवा वृक्षारोपण

भक्तपुर । ‘संरक्षण प्रकृतिको सुरक्षा सन्ततीको’ भन्ने मुल नाराका साथ सूर्यविानायकको किवाचोकमा युवा क्लबले वृक्षारोपण गरेको छ ।
सूर्यविानायक नगरपालिका ७ किवाचोकको भिम प्राथामिक विद्यालयदेखी हात्ति गौडा सम्म र भिमसेनथान देखि भिम प्राथमिक विद्यालय सम्मको सडक छेउमा, वृक्षारोपण गरेको हो ।
वृक्षारोपण कार्यक्रममा क्लबले ५ फिट भन्दा अग्लो बहुवर्षिय विभिन्न प्रजातिका २ सय विरुवाहरु वृक्षारोपण गरेको छ ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री, निवर्तमान सांसद महेश बस्नेतलेको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा बस्नेतले विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।
वृक्षारोपणमा असारे फुल २० गोटा, कपुर ५३, करविर २० कल्कि फुल ३२, गोल्डेन धुपी १५, चापँ १५, तेकोमा १५, मयुर धुपी २०, गुल्मोहर १० र शिरिसको ५ वटा विरुवा रोपिएको थियो ।
उक्त वुक्षारोपण कार्यक्रममा सुर्यविनायक नगरपालिकाका प्रवक्ता तथा वडा नं।७ का वडा अध्यक्ष रविन्द्र सापकोटा, वडा सदस्यहरु उमेश कार्की, गीता पण्डित बस्नेत, सन्तोषी परियार लगायत स्थानीयबासि र किवाचोक युवा क्लबको सदस्यहरुलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया