एसईईमा जिल्लाकै उत्कृष्ट विद्यार्थी सम्मानित

रामपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अङ्क ल्याउने पाल्पाका विद्यार्थीलाई रामपुर नगरपालिकाले सम्मान गरेको छ । नगरको नमूना विद्यालय दरैठाँटी माध्यमिक विद्यालयबाट चार जिपिए ल्याइ जिल्लामै उत्कृष्ट हुन सफल छात्रा पूर्णिमा लक्ष्मी कुँवरलाई नगरपालिकाले नगदसहित सम्मान गरेको हो ।
छात्रा कुँवरलाई नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकीय अधिकृत सुदर्शन पण्डितले नगद रु १० हजार र सम्मान–पत्रसहित दोसल्ला ओढाइ सम्मान गरे । १५औँ नगरसभाको अवसरमा नगरपालिकाले सम्मान गरेको हो ।
दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा र एसइईमा उत्कृष्ट अङ्क ल्याएकी कुँवरका अभिभावक मानबहादुर कुँवरलाई पनि सम्मान नगरपालिकाले सम्मान गरेको छ । १४ वर्ष नगरपालिकामा करारमा कार्यरत रही स्वेच्छिक अवकाश लिएका कार्मचारी शिवादेवी थापालाई दोसल्ला र सम्मानपत्रसहित नगरपालिकाले स्थापना गरेको कर्मचारी कल्याणकारी कोषमार्फत रु दुई लाख ९४ हजार प्रदान गरी सम्मान गरेको छ ।
उपप्रमुख बालकुमारी थापाले आर्थिक विनियोजन विधेयक ऐन संशोधनसहित नगरसभामा प्रस्तुत गरेकी थिइन् । सभाको पहिलो बैठकको बजेटमध्ये प्रदेश सरकारबाट विशेष अनुदान रु २० लाख र प्रदेश सशर्तमा रु छ लाख थप भएसँगै नगरपालिकाको आगामी आवको बजेट रु ७४ करोड ११ लाख चार हजार रहेको उनले जानकारी दिइन् ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया