एसईईमा जिल्लाकै उत्कृष्ट विद्यार्थी सम्मानित

रामपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अङ्क ल्याउने पाल्पाका विद्यार्थीलाई रामपुर नगरपालिकाले सम्मान गरेको छ । नगरको नमूना विद्यालय दरैठाँटी माध्यमिक विद्यालयबाट चार जिपिए ल्याइ जिल्लामै उत्कृष्ट हुन सफल छात्रा पूर्णिमा लक्ष्मी कुँवरलाई नगरपालिकाले नगदसहित सम्मान गरेको हो ।
छात्रा कुँवरलाई नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकीय अधिकृत सुदर्शन पण्डितले नगद रु १० हजार र सम्मान–पत्रसहित दोसल्ला ओढाइ सम्मान गरे । १५औँ नगरसभाको अवसरमा नगरपालिकाले सम्मान गरेको हो ।
दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा र एसइईमा उत्कृष्ट अङ्क ल्याएकी कुँवरका अभिभावक मानबहादुर कुँवरलाई पनि सम्मान नगरपालिकाले सम्मान गरेको छ । १४ वर्ष नगरपालिकामा करारमा कार्यरत रही स्वेच्छिक अवकाश लिएका कार्मचारी शिवादेवी थापालाई दोसल्ला र सम्मानपत्रसहित नगरपालिकाले स्थापना गरेको कर्मचारी कल्याणकारी कोषमार्फत रु दुई लाख ९४ हजार प्रदान गरी सम्मान गरेको छ ।
उपप्रमुख बालकुमारी थापाले आर्थिक विनियोजन विधेयक ऐन संशोधनसहित नगरसभामा प्रस्तुत गरेकी थिइन् । सभाको पहिलो बैठकको बजेटमध्ये प्रदेश सरकारबाट विशेष अनुदान रु २० लाख र प्रदेश सशर्तमा रु छ लाख थप भएसँगै नगरपालिकाको आगामी आवको बजेट रु ७४ करोड ११ लाख चार हजार रहेको उनले जानकारी दिइन् ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया