जङ्गली च्याउ खाँदा तनहुँमा तीनजना बिरामी
मेरोन्यूज
२०८१ असार २२ गते २०:४९

तनहुँ । जङ्गलबाट ल्याएको च्याउ खाँदा आज तनहुँमा तीनजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घिरिङ गाउँपालिका–१ पुट्टार नयाँबस्ती निवासी ६० वर्षीया लीलामाया विक, ४० वर्षीया कमला विक र १५ वर्षीया अनिता विक बिरामी भएका हुन् ।
अनिताले जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।
बिरामी तीनै जनाको स्थानीय धुलिखेल अस्पतालमा उपचार गरी थप उपचारका लागि मेट्रोसिटी अस्पताल पाल्पा पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे चयन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया