भारतको सिलोङमा चार नेपालीको हत्या
मेरोन्यूज
२०८१ असार २२ गते २१:४७
काठमाडौं ।भारतको सिलोङमा चारजना नेपालीको हत्या गरिएको छ । मेघालय राज्य अन्तर्गत सुत्ंगा, जयन्तिया हिल्समा उनीहरूकाे बीभत्स हत्या भएको हो ।
पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ ।
मारिने ४ जना ईलाम, धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ । ती मध्ये एक जना ईलामका रवि राई रहेकाे समाचारमा उल्लेख छ ।
४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ । यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी पुगेको खबर आएको छ ।
सम्बन्धित


















बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
सभापति चयन गर्न १२ वटा समितिका बैठक हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया