पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध
मेरोन्यूज
२०८१ असार २३ गते ११:४७

गलकोट (बागलुङ) । अबिरल वर्षासँगै खसेको पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पको रुपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो ।
बागलुङ नगरपालिका–४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए।
यादवका अनुसार सडक डिभिजन कार्यालय बागलुङको सहयोगमा सडक खुलाउन पहल भइरहेको छ । कालीगण्डकी करिडोरको मालढुङ्गा–बेनी–जोमसोम सडक स्तरोन्नति भइरहेकाले मुस्ताङ जाने यात्रु तथा पर्यटकले उक्त सडक प्रयोग गर्दै आइरहेका थिए ।
सम्बन्धित














झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया