प्रज्ञा प्रतिष्ठानले अनुसन्धानमूलक कृति प्रकाशन गर्दै

काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानलाई अनुसन्धानमा केन्द्रित गरिने बताएका छन्। प्रतिष्ठानको ४१औँ प्राज्ञसभामा उनले अनुसन्धानमूलक उत्कृष्ट कृतिलाई प्रकाशन गरिने बताए ।
“सभाले परम्परा धान्नेभन्दा फरक विषयमा छलफल गरी कार्यान्वयनमा लैजाने निर्णय गर्नुपर्छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका साथै बजेटका विषय विस्तृत छलफल गर्नु आवश्यक छ । प्रतिष्ठानलाई नयाँ ढङ्गले निर्देशित गर्ने विषयमा सभामा विशेष रुपमा छलफल गरिन्छ”, कुलपति राईले भने ।
भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले प्रतिष्ठानले विगतका कामको मूल्याङ्कन गरी योजना बनाउनुपर्नेमा जोड दिए । उनले आयोगले भोजपुरी भाषामा शब्दकोश र व्याकरण बनाउन लागेको भन्दै यसमा प्रतिष्ठानको सहयोग आवश्यक पर्ने बताए ।
वरिष्ठ आख्यानकार डा धु्रवचन्द्र गौतमले प्रतिष्ठानले कस्ता पुस्तक छाप्ने भन्ने प्रष्ट व्यवस्था नहुँदा समस्या भइरहेको भन्दै यसको समीक्षा गरेर प्रष्ट व्यवस्था गरिनुपर्नेमा जोड दिए । “कस्ता पुस्तक छाप्ने भन्ने प्रतिष्ठानले स्पष्ट मापदण्ड बनाउनुपर्ने पर्छ । सबै विधाका बौद्धिक पुस्तक प्रतिष्ठानले छाप्नुपर्ने प्रावधान भए सहज हुन्छ”, उनले भने ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, संस्कृति महाशाखा प्रमुख डा सुरेशसुरश श्रेष्ठले मुलुकका प्राज्ञको सभाले आगामी वर्ष गरिने कार्यक्रम छनोट गरी बजेट पारित गर्ने जानकारी दिए ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुष्मा महराले प्रतिष्ठान सबैको हुनुपर्नेमा जोड दिए। ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नारालाई यथार्थ रुपमा कार्यान्वयन गरिनुपर्ने उनको भनाइ छ ।
प्रतिष्ठानका उपकुलपति विमल निभा र सदस्य सचिव डा धनप्रसाद सुवेदीलगायतले प्राज्ञसभाले गर्ने निर्णयका बारेमा जानकारी गराएका थिए ।
















नेकपाको प्रतिबद्धता : ५ लाखलाई रोजगारी, १० प्रतिशत आर्थिक वृद्धि
नेपाली कम्युनिष्ट पार्टीकाे ‘प्रतिबद्धतापत्र’ सार्वजनिक
सरकारले आय–व्ययको अनुमान घटायो
निखिल उप्रेती भन्छन् – कलाकारितामै रमाउँछु, राजनीतिमा आउँदिन
बङ्गलादेश : जोखिमयुक्त मतदान केन्द्रमा कडा सुरक्षा
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
प्रतिक्रिया