फ्रान्सका बामपन्थी गठबन्धनका नेता भन्छन्, प्यालेस्टाइन राज्यलाई मान्यता दिन्छौं

काठमाडौँ । फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जीन लुक मेलेन्सनले आफ्नो गठबन्धनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका छन् ।
हालै चार युरोपेली देश स्पेन, नर्वे, आयरल्याण्ड र स्लोभेनियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन् ।
आइतबार भएको दोस्रो र अन्तिम चरणको निर्वाचनमा नयाँ पपुलर फ्रन्टले १८२ सिटमा अग्रता लिएको छ र आगामी सरकारमा ठूलो भूमिका खेल्ने भएको छ । मेलेन्चोनले आगामी प्रधानमन्त्री नयाँ पपुलर फ्रन्टबाट हुने बताए ।
एक साताअघि भएको पहिलो चरणको निर्वाचनमा चरम दक्षिणपन्थी दल नेशनल र्याली बहुमततर्फ अघि बढेपनि गत आइतबार भएको दोस्रो र अन्तिम चरणमा भने तेस्रो स्थानमा झरेको थियो ।
राष्ट्रपति म्याक्रोनको केन्द्रवादी गठबन्धन दोस्रो स्थानमा आयो ।
फ्रान्सको संसदीय निर्वाचनको नतिजा सार्वजनिक भएपछि राजधानी पेरिसका केही स्थानमा हिंसात्मक प्रदर्शन भएको छ । उता वामपन्थी समर्थकहरुले आइतबार रातिदेखि पेरिसको सडकमा ठूलो संख्यामा विजयी जुलुस निकालेका छन् ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
हर्क साम्पाङले मागे बालेनको राजिनामा
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
प्रतिक्रिया