बिहीबार, वैशाख ११, २०८२

प्रधानमन्त्रीको राजीनामै छ एमालेको जोड

मेरोन्यूज २०८१ असार २४ गते १३:२४

काठमाडौं । प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिँदै छन्, अहिलेसम्मको राजनीतिक समीकरणमा उनको पक्षमा बहुमत जुट्ने सम्भावना देखिँदैन, तैपनि एमालेले लगातार उनको राजीनामामा जोड गरेको छ ।

केही दिन अघिसम्म सत्ता सहकार्य गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच राजीनामालाई लिएरै आइतबार प्रतिनिधि सभा बैठकमै भनाभन नै भएको छ ।

माओवादीसँग सत्ता गठबन्धन तोडेर प्रतिपक्षमा पुगेको पहिलो दिन नै एमालेका सांसदहरू प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आलोचनामा उत्रिएका छन् । उता माओवादी केन्द्रका सांसदहरूले पनी त्यसको प्रतिरक्षा गरेका छन् ।

उनीहरूले भ्रष्ट र अनैतिक दलले नैतिकताको पाठ सिकाउन नहुने, प्रधानमन्त्री संवैधानिक व्यवस्था पालना गरेर अघि बढेको बताउँदै प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म धैर्य गरेर बस्न आग्रह गरे ।

यता नेपाली कांग्रेस र नेकपा (एमाले)ले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई असार २८ गते विश्वासको मत लिनुअघि नै राजीनामा दिन दबाब दिइरहेका छन् ।

एमालेले असार १९ गते ८ मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने गरी सत्तागठबन्धन बनाउने निर्णय भइसकेको छ ।

प्रमुख दल एमालेले बाहिरिँदै समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया