प्रधानमन्त्रीको राजीनामै छ एमालेको जोड

काठमाडौं । प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिँदै छन्, अहिलेसम्मको राजनीतिक समीकरणमा उनको पक्षमा बहुमत जुट्ने सम्भावना देखिँदैन, तैपनि एमालेले लगातार उनको राजीनामामा जोड गरेको छ ।
केही दिन अघिसम्म सत्ता सहकार्य गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच राजीनामालाई लिएरै आइतबार प्रतिनिधि सभा बैठकमै भनाभन नै भएको छ ।
माओवादीसँग सत्ता गठबन्धन तोडेर प्रतिपक्षमा पुगेको पहिलो दिन नै एमालेका सांसदहरू प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आलोचनामा उत्रिएका छन् । उता माओवादी केन्द्रका सांसदहरूले पनी त्यसको प्रतिरक्षा गरेका छन् ।
उनीहरूले भ्रष्ट र अनैतिक दलले नैतिकताको पाठ सिकाउन नहुने, प्रधानमन्त्री संवैधानिक व्यवस्था पालना गरेर अघि बढेको बताउँदै प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म धैर्य गरेर बस्न आग्रह गरे ।
यता नेपाली कांग्रेस र नेकपा (एमाले)ले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई असार २८ गते विश्वासको मत लिनुअघि नै राजीनामा दिन दबाब दिइरहेका छन् ।
एमालेले असार १९ गते ८ मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने गरी सत्तागठबन्धन बनाउने निर्णय भइसकेको छ ।
प्रमुख दल एमालेले बाहिरिँदै समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।
















अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया