प्रेस काउन्सिलको निर्देशनपछि हट्यो विवादित क्लिप
मेरोन्यूज
२०८१ असार २४ गते २१:२०

काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने एक कार्यक्रमको विवादित क्लिप प्रेस काउन्सिलको निर्देशनमा हटाइएको छ ।
दुई साताअघि प्रसारित उक्त कार्यक्रममा सहभागी अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मीले अर्की अभिनेत्री जसिता गुरुङको बारेमा बोलेको कुरा विवादित बनेको थियो ।
प्रेस काउन्सिलले विवादास्पद सामाग्री तत्काल हटाउन र त्यसको जानकारी युट्युव च्यानलसहित माध्यममा गराउन लिखित निर्देशन दिएपछि विवादित क्लिप हटाइएको हो ।
प्रेस काउन्सिलले उक्त कार्यक्रम सार्वजनिक भएलगत्तै स्वअनुगमन गरेर त्यसबारे प्रष्ट पार्न २४ घण्टे पुर्जी काटेको थियो । टेलिभिजनले दिएको लिखित जवाफ चित्त नबुझेर काउन्सिलले प्रस्तोतासहितलाई कार्यालयमै बोलाएर बयान लिएको थियो ।
सम्बन्धित
















अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया