मंगलबार, वैशाख ९, २०८२

रास्वपाको केन्द्रीय समिति बैठक जारी

मेरोन्यूज २०८१ असार २५ गते १०:१३

काठमाडौं । सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक जारी छ । बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन् ।

आजको बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि बैठकमा छलफल गरिने बताइएको छ । पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालका विषयमा बैठकबाट निर्णय गर्ने बुझिएको छ  । असार २० गते बुधबार बसेको बैठकले डा. ढकाललाई महामन्त्री र प्रवक्ताबाट यसअघि एक साताका लागि निलम्बन गरिएको थियो ।

प्रतिक्रिया