शुक्रबार, वैशाख ५, २०८२

उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा २ जनाको मृत्यु , १८ को उद्धार

मेरोन्यूज २०८१ असार २५ गते १३:०६

काठमाडाैँ । नाइजेरियाको उत्तरी राज्य जिगावामा आइतबार अबेर राति काठको डुङ्गा पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिगावाका प्रहरी प्रवक्ता लावन शिसुले सोमबार पत्रकारहरूलाई भने,“करिब २० स्थानीय व्यापारीको समुह बोकेको डुङ्गा औयो स्थानीय सरकारी क्षेत्रको हडिन गाउँतर्फ जाँदै गर्दा क्वालगाई नदीमा पल्टिएको थियो । त्यस घटनामा कम्तीमा दुई जनाको ज्यान गएको छ भने १८ जनालाई उद्धार गरिएको थियो ।”

प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै उहाँले थप्नुभयो,“ शक्तिशाली छालहरू र चालकले क्यानो चलाउन नसक्ने र हदसम्म ओभरलोडिङका कारण घटना भएको थियो ।

प्रतिक्रिया