कपाल झरेर हैरान हुनुहुन्छ ? खानुहाेस् यी ३ चिज

काठमाडौं। कपाल झर्नु आजको समयमा अधिकांशको समस्या बनेको छ । थोरै कपाल झर्नु सामान्य हो तर जब कपाल धेरै झर्न थाल्छ तब चिन्ताको विषय बन्छ। यसलाई रोक्नका लागि मानिसहरु तेल, हेयर सिरम, औषधि जस्ता धेरै उपाय अपनाउँछन् तर उनीहरुले डाइटलाई भने बेवास्ता गर्छन्।
कपाल झर्नुको प्रमुख कारण पोषक तत्वको कमी हो । यदि उचित र पौष्टिक आहार सेवन गरियो भने कपाल झर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।
यहाँ हामी तपाईलाई यस्ता तीन खानेकुराको बारेमा बताइरहेका छौँ जसले कपाल झर्नबाट जोगाउन मद्दत गर्छ ।
फलफुल
शरीरका साथसाथै फलफुल कपालका लागि पनि निकै फाइदाजनक हुन्छ । सबै प्रकारका फलफूलहरूमा पोषक तत्वहरू हुन्छन् जसले छाला र कपाललाई स्वस्थ राख्छ । कपाल झर्नबाट जोगाउन बेरी, चेरी, सुन्तला, अंगूर जस्ता फलफूल खानुपर्छ । जसमा भिटामिन सी र ई प्रशस्त मात्रामा पाइन्छ।
ड्राई फ्रुट्स
ड्राई फ्रुट्समा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ जसले कपाललाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा प्रोटिन, जिंक, ओमेगा ३ फ्याटी एसिड, सेलेनियम र भिटामिन ई हुन्छ जसले कपाललाई बलियो बनाउँछ र झर्नबाट रोक्छ। आफ्नो आहारमा ओखर, बदाम, फ्ल्याक्ससीड समावेश गर्नुहोस्।
हरियो तरकारी
फलफूल जस्तै हरियो सागसब्जीमा पनि प्रशस्त मात्रामा पौष्टिक तत्व पाइन्छ जसले कपाल झर्नबाट रोक्छ । बन्दागोभी, पालक, कोलार्ड जस्ता तरकारीमा भिटामिन ए, आइरन, बिटा क्यारोटिन, फोलेट र भिटामिन सी पाइन्छ। यो शरीर, छाला र कपालको स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ ।













चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
प्रतिक्रिया