शनिबार, पुष १९, २०८२

महिला क्रिकेट : श्रीलंका डेभलपमेन्ट टिमसँग नेपाल पराजित

मेरोन्यूज २०८१ असार २५ गते १७:४०

काठमाडौँ । श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिम पहिलो खेलमा पराजित भएको छ । मंगलबार श्रीलंका डेभलपमेन्ट टिमसँग सम्पन्न पहिलो खेलमा नेपाली टिम ३३ रनले पराजित भएको हो । 

श्रीलंकाको टिमले दिएको ११९ रनको लक्ष्य पछाएको नेपालले १५ ओभरमा ९ विकेट गुमाउँदै ६३ रन बनाएको थियो ।  नेपाललाई १५ ओभरमा ९६ रनको रिभाइज लक्ष्य दिइएको थियो । 

यस अघि पहिला ब्याटिंग गरेको श्रीलंकाको डेभलपमेन्ट टिमले २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो । 

यो जितपछि ३ खेलको सिरिजमा श्रीलंका डेभलपमेन्ट टिमले १-० को अग्रता लिएको छ । 

महिला एशिया कप खेल्न श्रीलंका पुगेको नेपाली टिमले अव दोस्रो टी-२० खेल बुधबार खेल्ने छ । 
  

प्रतिक्रिया