शुक्रबार, वैशाख ५, २०८२

अब बन्ने सरकार ७६(२) कै हुन्छ : शेखर कोइराला

मेरोन्यूज २०८१ असार २५ गते १९:२०

काठमाडाैं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने बताएका छन्।

काठमाडौंको जोरपाटीमा मंगलबार भएको एक कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

‘मिडियाहरूमा आइरहेको छ, संविधानको धारा ७६ को २ अनुसार सरकार हुन्छ कि ३ अनुसार भन्ने। म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु- यसमा अलमल हुने काम छैन, अब बन्ने सरकार ७६ (२) कै हुन्छ,’ नेता कोइरालाले भने, ‘यहाँ धेरै मिडियाहरूले मजा लागेको वा के हो मैले बुझ्न सकेको छैन, तर अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसारकै हुन्छ भन्ने कुरा तपाईंहरूको माझमा राख्न चाहन्छु।’

प्रतिक्रिया