मंगलबार, पुष २९, २०८२

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

मेरोन्यूज २०८१ असार २५ गते २१:०५

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१ /८२ को नीति तथा कार्यक्रम पारित भएको छ।

आज बसेको पाँचौँ नगरसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो।

यसअगाडि नगरप्रमुख शाहले एकलौटी बजेट ल्याएको भन्दै वडाअध्यक्षहरूले असन्तुष्टि जनाएका थिए । त्यसपछि प्रस्तुत भएको नीति तथा कार्यक्रममा वडा अधयक्षहरुले फरक २८ बुँदे संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

त्यसमा सर्वसम्मत १६१ जना नै नगर सभाका सदस्यले सहमति जनाएका थिए । आज नगर सभाबाट नीति तथा कार्यक्रम संशोधनसहित पास भएको घोषणा मेयर शाहले गरेका छन् ।

तर वडा अध्यक्षहरूले अहिले कुनै प्रतिक्रिया जनाएका छैनन् । अहिले नगर सभामा आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल चलिरहेको छ ।

प्रतिक्रिया