मेस्सीको काखमा फोटो खिच्ने स्पेनका यामल, जसले युरोकपमा इतिहास रचे

जब प्रख्यात फोटोग्राफर जोन मोनफोर्टले करिब १७ वर्षअघि एउटा च्यारिटी क्यालेन्डरका लागि नवजात शिशुसँग लियोनेल मेस्सीको तस्बिर खिचे, तब उनलाई थाहा थियो कि यो लामो कपाल भएको अर्जेन्टिनी युवा फुटबलको संसारमा ठूलो नाम बन्नेछ । तर, मेस्सीले काखमा राखेको नवजात शिशुले सानै उमेरमा आफ्नो सीपले फुटबल जगतलाई प्रभावित पार्छ भन्ने उनले कल्पना समेत गरेका थिएनन् ।
पछिल्ला केही दिनदेखि भाइरल भइरहेको यो तस्विरमा मेस्सीले आफ्नो काखमा लिएका बच्चा अहिलेको सबैभन्दा छिटो उदाउँदो खेलाडी हुन्, लामिन यामल । स्पेनका लागि १६ वर्षको उमेरमा डेब्यु गरेका यामललाई अहिले फुटबलका महापुरुषसँग तुलना गरिँदै आएको छ ।
जर्मनीमा जारी युरोकप अन्तर्गत मंगलबार भएको सेमिफाइनल खेलमा फ्रान्स विरुद्धको खेलमा गोल गरेसँगै यामल सबैभन्दा कम उमेरमा युरोकपमा गोल गर्ने खेलाडीमा रेकर्ड राख्न सफल भएका छन् । उनकाे गाेलसँगै बलियाे टिम फ्रान्सलाई २-१ गाेलले हराउँदै स्पेन फाइनलमा पुगेकाे छ । यससँगै यामलको चर्चा विश्वव्यापी रुपमा थप बढेको छ । उनी जर्मनीमा जारी युरोपियन च्याम्पियनसिपमा भाग लिने सबैभन्दा कान्छो खेलाडी पनि हुन् ।
यमलका बुबाले गत हप्ता इन्स्टाग्राममा सन २००७ मा मेस्सीसँग लिइएको फोटो पोस्ट गर्दै लेखेका थिए, “दुई महान खेलाडीहरूको सुरुवात । “ एसोसिएटेड प्रेस र केही अन्य संस्थाहरूको लागि एक स्वतन्त्र फोटोग्राफरको रूपमा कामगर्ने जोन मोनफोर्टल भने ” सन २०१७मा बार्सिलोनाको क्याम्प नोउमा आगन्तुकहरूको लकर कोठामा यो फोटो मैले लिएको थिए । त्यतिबेला यमलको उमेर केही महिना मात्रै थियो ।”
फबार्सिलोनाका खेलाडीहरूले स्थानीय पत्रिका डायरियो स्पोर्ट र युनिसेफको लागि वार्षिक परोपकारी अभियानको रूपमा क्यालेन्डरका लागि बालबालिका र उनीहरूका परिवारसँग पोज दिए । त्यो समयको स्मरण गर्दै मोनफोर्टले भने ” कि यो सजिलो काम थिएन किनभने मेस्सीलाई केही महिनाको बच्चा यामलसँग कसरी कुराकानी गर्ने थाहा थिएन ।”
उनले भने, ‘मेस्सी निकै अन्तर्मुखी व्यक्ति हुन्, उनी लजालु छन्, मेस्सीजस्तै यामलले पनि बार्सिलोनाको युवा एकेडेमीबाट मुख्य टोलीसम्म यात्रा तय गरेका हुन् । उनि यति सानो उमेरमा पनि उनी युरोमा स्पेनका उत्कृष्ट खेलाडीका रुपमा उभिएका छन् । साथै भविष्यमा अहिले चर्चामा रहेका मेस्सी, क्रिस्टियानाे राेनाल्डाे, किलियन एम्बाप्पेजस्ता खेलाडीकाे स्थान यामलले लिने छनक दिएका छन् ।
-एजेन्सीको सहयोगमा


















नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार
बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन
उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
प्रतिक्रिया