अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो
मेरोन्यूज
२०८१ असार २६ गते ११:५९

भोजपुर । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो ।
कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले राससलाई बताए।
उक्त स्थानमा आज बिहान सडक भासिएको हो । “वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ”, उपाध्यक्ष राईले भने,“सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ ।”
सम्बन्धित
















लेक लागेर सगरमाथा आरोहीको निधन
आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
दार्चुलामा गयाे भूकम्प
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
प्रतिक्रिया