मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई

काठमाडौँ । मोरक्कोकी केन्जा लियाली विश्वकै पहिलो मिस एआई बनेकी छिन् । उनले आर्टिफिसियल इन्टेलिजेन्स चार्टमा पहिलो स्थान हासिल गरेकी छन् ।
केन्जा लाइलले आफुलाई बनाउने मरियम बेसाको लागि २० हजार डलरको ग्रान्ट पनि जितेकी छन् । यो जितपछि केन्जाले अन्तर्वार्तामा मानिसजस्तै भावनाहरू महसुस गर्न सक्दिन तर आफु यसबाट निकै उत्साहित रहेको बताएकी थिइन् ।
इन्स्टाग्राममा उनका एक लाख ९० हजार भन्दा बढी फलोअर्स छन् र उनले खाना, संस्कृति, फेसन, सौन्दर्य र यात्रासँग सम्बन्धित पोष्ट गर्ने गर्छिन् । ‘मेरो प्रयास मोरक्कोको समृद्ध सम्पदालाई प्रदर्शन गर्ने हो, जसले संस्कृति र प्रविधिको अद्वितीय मिश्रणलाई प्रतिबिम्बित गर्दछ,’ केन्जा ल्यालीले जितपछि भनिन् ।
एआई मोडेल केन्जा लाइल आफ्ना फ्यानहरूसँग सात फरक भाषामा जोडिन २४/७ उपलब्ध छिन् । केन्जा भन्छिन्, मेरो लक्ष्य महिला सशक्तिकरण, वातावरण संरक्षण र एआई बारे सकारात्मक जागरूकता फैलाउन मेरो ख्याति प्रयोग गर्नु हो ।
केन्जालाई एआई उपकरण प्रयोग गरेर बनाइएको हो, जसले मानव क्षमताहरूलाई पूरक बनाउन डिजाइन गरिएको हो, तिनीहरूलाई प्रतिस्थापन गर्न होइन । उनले आफ्नो उद्देश्य डर हटाउन तथा मानव र एआई बीच स्वीकृति र सहयोग प्रवर्द्धन गर्नु रहेको बताएकी छन् । उनले मोरक्कोका लागि यो अवार्ड जित्न पाउँदा निकै गर्व लागेको पनि बताइन् ।
फिनिक्स एआईका सीईओ बेसाले मोरक्कोलाई गर्वका साथ प्रतिनिधित्व गर्ने अवसर भएको बताइन् ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिक्रिया