शुक्रबार, वैशाख २५, २०८३

बाग्लुङ्गको विभिन्न स्थानमा अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी

मेरोन्यूज २०८१ असार २७ गते १५:५६

बाग्लुङ्ग। बाग्लुङ्गको विभिन्न स्थानमा अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरीअविरल वर्षाका कारण असार २७ गते कालिगण्डकी करिडोर अन्तर्गत बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका– १० डबल्याङ्ग र मध्य पहाडी लोकमार्ग अन्तर्गत सोही जिल्लाको काठेखोला गाउँपालिका–६ बयलडाडा सडकखण्डमा पहिरो आई पुर्ण रुपमा अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले खुलाएको छ ।

Advertisement
NiccNicc


सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाग्लुङ्गको सुरक्षा फौज खटिई अवरुद्ध सडकहरु खुलाएको हो ।


यसैगरी अविरल बर्षाको कारण पहिरोले सोही जिल्लाको बाग्लुङ्ग नगरपालिका–३ तातोपानी भुनियामा ४५ वर्षिय मनमती बोहोराको कच्ची घर भत्किन गई पुरिएको लत्ताकपडा तथा सरसामानहरु सशस्त्र प्रहरी बल आश्रित गुल्म बागलुङको सुरक्षा फौजले निकालेको छ भने बागलुङ नगरपालिका–७ तितौरेस्थित पानिवनमा घरको पालि भत्कीन जाँदा ५१ बर्षिया खिम कुमारी शर्माको मृत्यु भएको छ ।

प्रतिक्रिया