बजेट फेल देखाउने कांग्रेस र एमालेको प्रयास असफल,४ दलको असन्तुष्टि

काठमाडौं । आजको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि डाकिएको बैठक आइतबारसम्मका लागि सरेको हो ।
आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पास गर्ने तयारी गरेको थियो । तर, एमाले र कांग्रेसले संशोधन प्रस्ताव राखेर बजेट फेल गराउन खोजेपछि बैठक सरेको थियो ।
आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक प्रतिनिधिसभाले १६ असारमै पारित गरेको थियो ।
नेकपा एमाले सांसद भगवती न्यौपानेले राष्ट्रिय सभामा दर्ता गरेको आर्थिक विधेयकको शेयर हस्तान्तरणमा कर नलाग्नेसम्बन्धी दफामा संशोधन प्रस्ताव दर्ता गरेर कांग्रेस-एमालेले सो संशोधन पारित गर्ने तयारी गरेपछि सरकार झस्केको थियो । यो संशोधन प्रस्ताव पास भएमा बजेट असफल भएको ब्याख्या गर्ने रणनीति कांग्रेस-एमालेले बनाएपछि अर्थमन्त्री बर्षामान पुन बैठकमा उपस्थित भएका थिएनन् ।
बैठक स्थगित भएपछि नेकपा एमाले राष्ट्रिय सभा प्रमुख सचेतक भगवती न्यौपाने, नेपाली कांग्रेस प्रमुख सचेतक कृष्ण बहादुर रोकाय, जनता समाजवादी पार्टी संसदीय दलका नेता मृगेन्द्र कुमार सिंह र लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता शेखर कुमार सिंहले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएका हुन् ।
त्यसपछि अध्यक्ष नारायण दाहालले बैठक आइतबारसम्मका लागि स्थगित गरेका थिए । अब राष्ट्रिय सभाको अर्को बैठक असार ३० गते आइतबार सवा १ बजे बस्ने भएको छ ।
















नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया