जाँदाजाँदै मन्त्रिपरिषद्को यस्ता निर्णय

काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८० असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले दुवै आयोगको म्याद थप गर्न बाधा अड्काउ फुकाउको आदेश नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ।
बैठकले स्थानीय तह राजस्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका, २०८१ र सरकारी कोषको नगद व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ।
बैठकले यसअघि २०८० माघ १८ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठन गरिएको कार्यदलले पेस गरेको फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन सार्वजनिक गर्ने र प्रतिवेदनले औँल्याइएका सुझावहरू कार्यान्वयन प्रक्रियामा लैजान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णयसमेत गरेको छ।
यस्तै, सरकारले देशका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने परिस्थितिमा तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
बैठकले आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको सिफारिसमा हुम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने निर्णयसमेत गरेको छ।
















निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल
ताप्लेजुङमा भूकम्प गयो
आज २०८२ साल माघ २७ गते मंगलबारको राशिफल
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
निर्वाचन २६ दिन बाँकीः चौतिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण
प्रतिक्रिया