आइटेल ब्राण्डको पी ५५ स्मार्टफोन बजारमा

काठमाडौं । मोइबाइल कम्पनी आइटेलले नयाँ स्मार्टफोन नेपाली बजारमा लिएर आएको छ ।
नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर आइटेलले स्मार्टफोनको नयाँ मोडल पी५५ को लिएर आएको हो । उक्त स्मार्टफोन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सार्वजनिक गरे ।
सुवेदीले स्मार्टफोन सार्वजनिक गर्दै सरकारले आगामी दशकलाई आइटी दशकका रुपमा मनाउने घोषणा गरेकाले मोबाइलको बढ्दो प्रयोगले आइटी दशकलाई प्रभावकारी बनाउने बताए ।उनले भने, ‘चाहे खोल्सी होस, डाँडा पाखा, जंगल सबै तिर सेवाको कभरेज हुनु पर्छ, सरकारको योजना हाइवेको कभरेजमा केन्द्रित छ’
समाज डिजिटल युगमा प्रवेश गरेको र मोबाइल बिना मानिस एक्लो हुने भन्दै सरकार अहिले मोबाइल नेटवर्कका लागि ‘हाइ वे’ कभरेजमा केन्द्रित रहेको उनको भनाइ छ ।
उनले मोबाइलको दोस्रो पटकको बिक्री ९सेकेन्ड ह्यान्ड कारोबार० लाई समेत कार्यान्वयनमा अघि बढाउनु पर्ने बताए ।
नयाँ लन्च भएको मोडल पी ५५ मोडलका दुई भेरियन्ट बजारमा उपलब्ध हुनेछन् । जसमा चार जीबी र्याम प्लस १ सय २८ जीवी रोम ९चार प्लस आठ० र अर्को आठ जीवी र्याम प्लस १ सय २८ जीवी रोम ९आठ प्लस सोह्र० क्षमता रहनेछ । ती फोनहरु ब्रिलियन्ट गोल्ड र अरोरा ब्लु कलरमा उपलब्ध हुनेछन् । जसको खुद्रा मूल्य क्रमश १२ हजार ४ सय ९० र १४ हजार नौ सय ९० तोकिएको छ।
आइटेलका अनुसार ती स्मार्टफोनमा ५० मेगापिक्सलको क्यामेरा, ६ दशमलश ६ इन्चको एचडी प्लस डट डिस्प्ले, पाँच हजार एमएएच क्षमताको व्याट्री तथा १८ वाट को फास्ट चार्जिङ क्षमता रहेको छ ।
ग्राहकको उचित मुल्यमा गुणस्तरीय स्मार्टफोनको लक्ष्य पुरा गर्नका लागि आइटेलले सो मोडललाई नेपाली बजारमा ल्याएको महालक्ष्मी मोबाइलका कार्यकारी अधिकृत सन्तोष भण्डारीले जानकारी दिए । उनका अनुसार उक्त स्मार्टफोनको विक्रीवितरण बिहीबारबाटै सुरू भएको छ ।
उनले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आइटेलले यी मोडलमा १२ महिनाको वारेन्टी तथा एक सय दिनको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराइने बताए । सो सुविधा देशभरका ५० सर्भिस सेन्टरबाट लिन सकिने उनको भनाइ छ । सो आइटेल ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता महालक्ष्मी मोबाइल रहने छ ।
व्यवसायीलाई १० प्रतिशत मार्जिन
आइटेलले मोबाइल ब्यवसायमा आबद्ध खुद्रा ब्यवसायीलाई आइटेलका कुनै पनि ब्राण्डमा १० प्रतिशत मार्जिन दिने गरी सम्झौता गरेको छ।
नेपाल मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई र आइटेलका लागि नेपालको बिक्रेता महालक्ष्मी मोबाइलका कार्यकारी अधिकृत संतोष भण्डारीले मार्जिन सम्बन्धि लिखित रुपमा नै दुई पक्षिय सम्झौता गरेका हुन ।
भण्डारीले अबदेखि आइटेलका कुनै पनि मोडलका सेटमा ब्यवसायीलाई १० प्रतिशत मार्जिन उपलब्ध गराउने बताए । मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भट्टराईले ब्यवसायीको मार्जिन बढ्दा त्यसबाट ग्राहकलाई भार नपार्ने गरि सम्झौता भएको बताए ।

















निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया