सुनसरीका सार्वजनिक भवन असुरक्षित
सुनसरी । सुनसरीका ५२ प्रतिशत सार्वजनिक भवन असुरक्षित रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। सुनसरी जिल्लाका सार्वजनिक भवनको बहुप्रकोपीय द्रुत दृश्यात्मक सर्वेक्षण प्रतिवेदनले उक्त तथ्य प्रस्तुत गरेको हो।
आज उक्त प्रतिवेदनबारे इटहरीमा छलफल गरिएको थियो। उक्त प्रतिवेदन अनुसार विद्यालयका भवनहरु भूकम्पलगायत विपद्लाई थेग्न नसक्ने देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर इन्जिनियर तथा शाखा प्रमुख सुदीप विक्रम भट्टले बताए। भट्टका अनुसार सुनसरीलगायत १३ जिल्लामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दक्ष प्राविधिकद्वारा अध्ययन गरेको थियो।
प्राधिकरणले सुनसरीका २० प्रतिशत सरकारी तथा सार्वजनिक भवन भत्काएर पुनःनिर्माण गर्नुपर्ने देखिएको जनाएको छ। सुनसरीका १२ स्थानीय तहमध्ये सबैभन्दा सुरक्षित गढी गाउँपालिकाको भवन र सबैभन्दा असुरक्षित सुनसरी देवानगञ्जका सरकारी भवन रहेको अध्ययनले देखाएको छ।
ती भवनलाई विपद्बाट जोगाउन प्रारम्भिक रुपमा मर्मतसम्भार गर्नुुपर्ने अध्ययनमा उल्लेख छ। ती भवनहरु मर्मत गर्न रु तीन अर्ब ६७ करोड लाग्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर इञ्जिनियर तथा शाखा प्रमुख भट्टले जानकारी दिए।
तत्काल यति ठूलो रकम व्यवस्था हुन नसक्ने भएकाले पालिकाले अब बनाउने सार्वजनिक भवन भूकम्पलगायत विपद्का जोखिमलाई मध्यनजर गरेर बनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी रामचन्द तिवारीले बताए।
कार्यक्रममा स्थानीय तहहरुका प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत, इन्जिनियर तथा विपद् व्यवस्थापन शाखाका विज्ञको उपस्थिति थियो।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया