असार २८ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

२८ असार २०८१, शुक्रवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसाय सामान्य होला । पुनर्मिलनको योग पनि रहेको छ ।
शुभ रगं : कालो
शुभ अंक : ८
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ ।
शुभ रंग : रातो
शुभ अंक : ३
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) विद्या र बुद्धिको कमी हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनसक्छ । स्वास्थ्यमा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ ।
शुभ रगं : कालो
शुभ अंक : ३
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।
शुभ रगं : वैजनी
शुभ अंक : १
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आम्दानी बढाउने कामको योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
शुभ रगं : रातो
शुभ अंक : ४
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्
शुभ रगं : रातो
शुभ अंक : ७
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।
शुभ रंग : हरियो
शुभ अंक : २
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धर्मकर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
शुभ रगं : हरियो
शुभ अंक : ४
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ ।
शुभ रगं : पहेलो
शुभ अंक : २
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
शुभ रगं : निलो
शुभ अंक : ५
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । योजना गोप्य राखेर अघि बढ्नुहोला ।
शुभ रगं : चाँदी
शुभ अंक : ९
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)आज धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोशजाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ ।
शुभ रगं : सुन्तला
शुभ अंक : ५
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिक्रिया