बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाउँमा आयौं : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाउमा आउनु परेको बताएका छन् ।
प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता भट्टराईले बाध्यात्मक अवस्थामा अहिले दुई ठुला दल मिलेको बताएका छन् ।
भट्टराईले प्रधानमन्त्री प्रचण्डले संसदमा आक्रोश पोखेको र गलत सूचना दिएको आरोप लगाएका छन् । उनले मुलुकको अर्थतन्त्रलाई सहि दिशा दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्नुपर्ने, विदेश गइरहेका युवाहरुलाई देशमै अवसर सिर्जना गर्नुपर्ने अवस्थामा संसद विश्वासको मत लिने विषयमा मात्र केन्द्रित भएर बस्न नसक्ने बताए ।
सांसद भट्टराईले कांग्रेस र एमाले एक ठाउँमा आउनुपर्ने बाध्यात्मक अवस्था आएको टिप्पणी गरे । उनले सामान्यता संसदका दुई ठुला दल मिलेर सरकार बनाउनुलाई राम्रो मानिदैन । तर अहिले बाध्यात्मक अवस्थामा दुई दल एकठाउँमा आउनुपरेको स्पष्ट गरे ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया