गाजामा इजरायली कारबाहीमा ३२ जनाको मृत्यु

काठमाडौँ । इजरायली आक्रमणले गाजा पट्टीमा थप ३२ जनाको ज्यान लिएको हमास नियन्त्रित प्यालेस्टिनी क्षेत्रकोस्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । इजरायलको हमाससँगको युद्ध नौ महिनादेखि जारी छ ।
युद्धविराम र बन्धक मुक्तिको सम्झौतामा पुग्ने दिशामा वार्ता जारी रहँदा तटीय क्षेत्रको उत्तरदेखि दक्षिणसम्म लडाइँ जारी छ ।
हमासका लडाकुले अक्टोबर ७ मा कम्तीमा एक हजार २०० जनाको ज्यान लिने गरीे दक्षिणी इजरायलमा गरेको अकल्पनीय आक्रमण र २०० भन्दा बढी बन्धक बनाएपछि जवाफमा इजरायलले गाजा क्षेत्रमा हमासविरूद्धको कारबाही सुरू गरेको थियो ।
गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाद्वारा निरन्तर गरेको आक्रमणको पछिल्लो श्रृङ्खलामा ३२ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।मृतकमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।
हमास निकटस्थ सञ्चारमाध्यमले उत्तरमा गाजा सहर, मध्येक्षेत्रमा नुसिरात शरणार्थी शिविर, दक्षिणमा खान युनिस र रफाहका धेरै स्थानमा ७० भन्दा बढी हवाई आक्रमण भएको रिपोर्ट गरेको छ ।
इजरायली सेनाले शुक्रबार इजिप्टको सीमा नजिकै रहेको रफाहमा सेनाले अपरेसन जारी राखेको बताएको छ ।
















लेक लागेर सगरमाथा आरोहीको निधन
आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
दार्चुलामा गयाे भूकम्प
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
प्रतिक्रिया